free counters

Tuesday, November 24, 2009

बुझेरमात्र जाऊँ बेलायत

तारानाथ शर्माको 'बेलायततिर बरालिँदा'को जस्तो रहेनछ आजको लण्डन। अंग्रेजी साहित्यमा विशेष गरी लण्डन वरपरको कथा र यहाँका विद्वान योगदान सम्झाउन बाध्य बनाउँछ लण्डनको वास्तविकताले। शेक्सपियरले एउटा भाले कुखुरा चोरेर स्ट्राटफोर्ड अपन एभन गाउँबाट लण्डनमा आएको कथा धेरै पटक आइरहन्थ्यो उसबेला अध्ययनका क्रममा। गाउँ भनेर पढिएको स्ट्राटफोर्ड हाम्रो राजधानी काठमाडौँ जत्रै देख्दा दंग पर्छन् जो पनि।
तपाईँ पहिलो पटक काठमाडौँको त्रिभुवन विमानस्थलबाट विद्यार्थी राहदानीमार्फत लण्डनको हिथ्रो विमानस्थल झर्दै हुनुहुन्छ भने साथमा प्लीज, सरी, एक्स्क्युज मी र थैंक्युजस्ता शब्दहरूलाई पनि खल्तीमा हालेरै ल्याउनुहोला। सभ्यताको जननी बेलायतले मानिसलाई सम्मान र सहयोग गर्नुपर्छ भन्ने ठान्छ। हुन त यहाँ पनि नेपालकै जस्तो आन्दोलन, लुटपाट, आत्महत्या, बलात्कारजस्ता कुरा हुँदै नहुने होइनन् तर आन्दोलन हुनेबित्तिकै तोडफोड, आगजनी र बिध्वंश भने भइहाल्दैन। एउटा निश्चित क्षेत्रमा आफ्नो आवाज बुलन्द गर्न आन्दोलनकारी भेला हुने अनि तत्काल सरकारले त्यसको सम्बोधन गर्ने हुँदा सरकारी भूमिका पारदर्शी लाग्छ। लण्डनको अण्डरग्राउण्ड रेल सेवामा एक नेपालीको मोबाइल, घडी र पाउण्ड चोरियो भनेर समाचार टिपिरहँदा होस् या मिनी क्याब लिएर चोरीको ल्यापटप सस्तोमा भिडाउन खोज्ने 'सभ्य' युरोपेली नागरिकका फन्दामा परेका पीडितका कथा सुन्नुभयो भने असभ्य पनि लाग्न सक्छ यो मुलुक।
जे भए पनि तपाईँले बोलिरहने प्लीज, सरी, एक्स्क्युज मी र थैंक्यु शब्दले साँच्चिकै अर्थ राख्दा रहेछन् यहाँ। लण्डनका सडकमा छत भएका र नभएका राता गाडीले तपाईँलाई लण्डनभरि यात्रा गराइरहेको हुन्छ, चौबीसै घण्टा।
बस विसौनीमा वा सडकमा हरियो बत्ती बलेपछि पैदल यात्री मरुन्जेल कुदिरहेको देख्नुभयो भने कृपया नहाँस्नुहोला। ठूलै आपत्ति परेजस्तै हस्याङफस्याङ गर्दै कुरिरहेको दृश्य लण्डनका सडकमा मज्जाले देख्न सकिन्छ। यहाँका नागरिकले समयको एउटा सानो किस्सालाई पनि कति महत्व दिँदा रहेछन् भन्ने उजागर गर्छ यस प्रसंगले।
झण्डै एक लाखभन्दा बढीको हाराहारीमा नेपालीको संख्या पुगिसकेको छ अहिले बेलायतमा। दक्षिण एसियाबाट यहाँ भित्रिनेको चाप बढ्दो छ। छिमेकी मुलुक भारतको पनि उत्तिकै बर्चस्व देख्न पाइन्छ। कतिसम्म भने पश्चिमी लण्डनको साउथ हल भन्ने ठाउँमा त साउथ इण्डिया र नर्थ इण्डिया भन्ने ठाउँका नामै रहेछन्। प्रायःजसो एसिया र अफ्रिकी महादेशका अशान्ति, हिंसा र तनावका कारण होला, शरणार्थी र विद्यार्थी बनेर लण्डन छिर्नेहरूको ताँती सहजै अनुमान लगाउन सकिन्छ। बाटोमा हिँड्दा, बस वा रेलमा यात्रा गर्दा होस् यहाँका रैथाने नागरिकभन्दा बाहिरी मुलुकबाट आउनेहरूको चाप सहजै देख्न सकिन्छ। हिमालयज नेपालको सम्पादन कार्यमा जुटिरहँदा एक दिन दिउँसो फ्रेन्च नागरिक ढोका ढकढकाउँदै 'तपाइँकहाँ जागिर पाइएला?' भन्दा विश्व इतिहासमा गौरवमय गाथा रचिसकेको फ्रान्सजस्ता कतिपय मुलुकका नागरिक पनि बेरोजगार भएर लण्डनमा चाहार्दै हिंडेको पाइयो। हुनसक्छ, आर्थिक मन्दीको प्रभाव सर्वत्र छाएको छ यति बेला।
लण्डनलाई आत्मसात गर्दै जाँदा एक ठाउँमा यस्ता जुझारु नेपालीसँग जम्काभेट भयो जसलाई भेटेपछि लाग्यो विदेशमै बसेर पनि आफ्नो मुलुकलाई सहयोग गर्न सकिँदोरहेछ। बाह्र, तेह्र वर्षअघि अध्ययनका लागि लण्डन आएका थिए। त्यस बेला उनले आफूलाई नेपाली हुँ भनेर चिनाउँदा प्राध्यापकले नेपालबारे मलाई राम्ररी थाहा छ, यो भारतको हिमालयज जोनभित्र पर्छ होइन? भनी सोद्धा चित्त दुखाएका थिए। तिनै व्यक्ति आज आफ्नो स्वर्गभूमि नेपाललाई विदेशीसामु चिनाउन हरतरहले जुटिरहेका छन्। उनले नेपालको पर्यटन क्षेत्र प्रवर्द्धनमा गरेको योगदान बिर्सिनसक्नु छ।
समसरा नेपाल समूह र सहयात्री कुमारी बैंक युकेका प्रमुख तथा फ्रेण्ड्स अफ् ब्रिटेन एण्ड नेपाल नामक नेपाल-बेलायत समाजका संस्थापक महासचिव राजाराम गिरीको देश विकासप्रति धेरै लगाव रहेछ। विदेशमा संघर्ष गरिरहेका धेरै नेपालीले नेपालका लागि थोरै मात्र केही गर्ने योजना बनाइदिए मुलुकले निकै फड्को मार्ने कुरा राजारामले कुराकानीमा बताए।
युके बोर्डर एजेन्सीले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया अलि खुकुलो बनाइदिएपछि विश्वबाट विद्यार्थी भिसाका माध्यमले युके आउने विद्यार्थीको चाप बढिरहेको छ। मुलुकको राजनीतिक अस्थिरता, दिन प्रतिदिनको असुरक्षित जीवनयापनका कारणले होला अधिकांश नेपाली विद्यार्थी बेलायत ओइरिने क्रम रोकिएको छैन। नेपालमै उच्च शिक्षाको उपल्लो तह पार गरिसकेकाहरूका त कुरै छाडौँ, सरकारी कार्यालयका उपसचिव बनिसकेका र सम्बन्धित विषयमा दक्षता हाँसिल गरिसकेका व्यक्तिले विद्यार्थी भिसाका माध्यमले बेलायत आइरहेको अवस्था छ। नेपालमा देखिएको सुनौलो भविष्यको सपना र यहाँको वास्तविकतामा आकाश जमिनको फरक छ। पढाइ बीचमै छाडेर, कोर्ट म्यारिज गरेर आउने र अंग्रेजी राम्ररी बोल्न नसक्ने व्यक्तिलाई निकै अप्ठ्यारो छ बेलायत। त्यसकारण सोचौँ, बुझौँ अनि क्षमताले भ्याएसम्म आफ्नो सपनालाई साकार पार्न खोजौँ।

Monday, November 23, 2009

2009-11-23

अमेरिकन म्युजिक अवार्ड ग्रहण गर्न क्यालिफोर्नियास्थित लस ऐन्जल्सको नोकिया थिएटरमा सोमबार सहभागी हुँदै गायिकाद्वय सेलेना गोम्ज वायाँ र साकिरा दायाँ ।

2009-11-23

पर्वत सदरमुकाम कुश्मा बजारबाट सोमबार विहान देखिएको माछापुच्छे्र हिमाल । सदरमुकामबाट माछापुच्छ्रे, धौलागीरी र अन्नपूर्ण हिमाल एकैसाथ देखिन्छ ।

Tuesday, November 17, 2009

इलामको बरवोटेमा हरियो चिया टिप्दै ।

इलामको बरवोटेमा हरियो चिया टिप्दै । हरियो चियापत्तीको सिजन समाप्त हुनै लाग्दा अर्थोडक्स चिया कारखानाहरुले मूल्य बढाएका छन् । यति बेलाको पत्ती 'अटम फ्ल्स' वासनाको हिसाबले उत्तम मानिन्छ ।

2009-11-17

हलिउड नायिका डाकोटा क्यालिर्फोनियास्थित वेष्टउडमा आफ्ना सुभचिन्तकहरुलाई अटोग्राफ दिंदै । उनी मंगलबार विशेष कार्यक्रमका लागि त्यहाँ आएकी थिइन् ।

2009-11-17

चिनीया जनमुक्ति सेना अमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वागतमा वेजिङस्थित ग्रेटहलमा सलामी दिदैं । साथमा चिनिया राष्ट्रपति हु जिन्ताओ । ओवामा सोमबारदेखि तीन दिने चीन भ्रमणमा छन् ।

बेलायतीहरु सबैभन्दा कुरुप

संसारका कुरुपहरुको तुलना गर्दा सबैभन्दा माथि बेलायतीहरु आउने र आफूले बनाएको वेबसाइट कुरुप बेलायतीहरुबाहेक "सुन्दर" व्यक्तिहरु सबैले प्रयोग गर्न सक्ने भनी विवादास्पद भनाइ राखेपछि अहिले यो चर्चामा आएको छ ।ब्युटिफूलपिपलडटकम नामक वेबसाइटले प्रत्येक आठ पुरुषमध्ये एक र प्रत्येक २० युवतीमध्ये तीन जनालाई मात्र यो वेबसाइटमा छिर्न दिएको डेली टेल्रि्राफ पत्रिकाले जनाएको छ ।यस वेबसाइटमा स्वीडेनका युवाहरुले चाहिँ बढी चान्स पाएका छन् । उनीहरुले ४८ घण्टाको अवधिमा ६५% व्यक्तिहरुले स्वीकृति पाएका थिए । नर्वेजियाली महिलाहरु चाहिँ स्वीडेनका भन्दा अगाडि देखिए । उनीहरुमध्ये ७६% ले उक्त वेबसाइटले स्वीकृति पाएका थिए । यस वेबसाइटमा छिर्न चाहनेले हालै खिचेेको फोटोसहित अप्लाई गर्नुपर्छ ।रमाइलो त के छ भने बेलायतभरिबाट २ लाख ९५ हजार व्यक्तिले आफूलाई यो वेबसाइटका लागि अप्लाई गरे पनि ३५ हजार मात्र छनोटमा परेका थिए ।उच्च वर्गका व्यक्तिहरुको लागि डेटिङ गर्ने वेबसाइटका रुपमा परिचित सन् २००२ मा डेनमार्कमा स्थापना गरिएको यो वेबसाइटलाई विश्वभरका व्यक्तिका लागि हालै खुला गरिएको छ । संसारभरका १ सय ९० देशहरुबाट गएका दर्ुइ सातामा १८ लाखभन्दा बढी व्यक्तिले आफूलाई सबैभन्दा सुन्दर व्यक्तिका रुपमा दाबी गर्दै आफूलाई छनोट गर्न अप्लाई गरे पनि ३ लाख ६० हजार मात्र छनोटमा परेका छन् ।वेबसाइटका प्रबन्ध निर्देशक ग्रेग होगले भने- "बेलायतीहरु किन खराब व्यक्तिका रुपमा परिचित भइरहेका छन् भन्ने उत्तर दिन कठिन छ । यो प्रश्नले मलाई पनि दुख्छ किनभने म पनि अँग्रेज हुँ ।" उनका अनुसार बेलायतीबाहेक अन्य देशका व्यक्तिहरु स्वास्थ्य र शरीरको राम्रोसँग हेरचाह गर्छन् ।

Iran opening nuclear plant in 2011, agency says San Fransisco Chronicle 2009-11-17


Iranian construction of a previously secret uranium enrichment site is at an advanced stage, with high-tech equipment already in place at the fortified plant ahead of its 2011 startup, the International Atomic Energy Agency said in a report Monday.In Washington, State Department spokesman Ian Kelly said the report "underscores that Iran still refuses to comply fully with its international nuclear obligations."
The report offered no estimate of Fordo's capabilities, but a senior international official familiar with the U.N. agency's work in Iran said it appeared designed to produce about a ton of enriched uranium a year.
The official, as well as analysts, said that would be enough for a nuclear warhead but too little for Iran's civilian reactors that have yet to come online, including the still unfinished plant at the southern port of Bushehr. The official spoke on condition of anonymity because the information he was citing was confidential.
"It won't (even) be able to produce a reactor's worth of fuel every 90 years, but it will be able to produce one bomb a year," said Ivan Oelrich, vice president of the Strategic Security Program of the Federation of American Scientists. "It does look strange."
The agency also said production at Iran's main enrichment site at Natanz - revealed by dissidents in 2002 and under agency monitoring - was stagnating at mid-2009 levels.
The report did not offer a reason. But the official suggested that experts who used to work at Natanz could be preoccupied with finishing the Fordo site.
As early as three years ago, Iran had said immediate plans for Natanz were to install about 8,000 enriching centrifuges, and Monday's report suggested Tehran had reached that goal.
The agency summary said that as of Nov. 2, about 8,600 centrifuges had been set up, but only about 4,000 were enriching - or 600 fewer than in September. Still, the official said output had been steady since June, with about 220 pounds of enriched uranium being produced a month.
The report said Natanz had churned out almost 4,000 pounds of uranium by Nov. 2 - close to what experts consider to be needed for two nuclear weapons. But for use as warhead material it would have to be enriched further - it is now low-enriched uranium suitable only for fueling nuclear plants.
Iran insists it wants to enrich uranium only to make fuel to power nuclear reactors for civilian purposes, but fears that it could at some point use the technology to make weapons have resulted in three sets of U.N. Security Council sanctions.
The restricted document also noted that "for well over a year," Iran had stonewalled International Atomic Energy Agency efforts to investigate allegations it actively worked on a nuclear weapons program.
Unless Tehran has a change of heart, the agency "will not be in a position to provide credible assurances about the absence of undeclared nuclear material and activities."
The report's main focus was Fordo, a highly fortified underground space. Iran told the International Atomic Energy Agency only in September that it was building the plant, leading U.S., British and French leaders to denounce Tehran for keeping it secret. Agency inspectors visited the plant last month, and the report noted "an advanced stage of construction," with support equipment, piping and electrical wiring for centrifuges already in place.
The report said the revelation of Fordo's existence "gives rise to questions about whether there were any other nuclear facilities in Iran which had not been declared" to the International Atomic Energy Agency.
The senior official said that Iran had failed to respond to an agency letter asking for assurance Iran was not actively planning to build any other nuclear plants.

झण्डा फेर्न हुन्न शनिवार, (14 नोभेम्बर 2009 09:41 )

केही समयअगाडि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी) ले राष्ट्रिय झन्डा फेर्ने बहस चलाएको थियो। अहिले उसले 'राष्ट्रिय झन्डाले नेपाल र नेपाली जनताको भावनालाई समेट्न नसकेको' भन्दै राष्ट्रिय झन्डा फेर्ने औपचारिक प्रस्ताव संवैधानिक समितिमा लैजाँदैछ। राष्ट्रिय झन्डामाथिको बहस त राम्रो हो तर यसलाई फेर्नु भने हुँदैन किनभने यो संसारका सबै देशको भन्दा पृथकमात्र छैन यसका विशेषता पनि अनुपम छन्।
हाम्रो झन्डा द्वित्रिगुणात्मक छ। रातो रङको कपडामा प्रतीक छ। वरिपरि निलो रङको कपडा गाँसिएको छ। त्रिकोणमा स्पष्टसँग देखिने प्रतीकको रूपमा चन्द्रसूर्यको आकृति छ। मानवमा त्रिकोणको आकारले हृदयसँग सम्बन्ध राख्दछ। त्रिकोणले पृथ्वी, चन्द्र र सूर्य, तीन गंगाको समूह त्रिवेणी, सत्व, रज र तम तीन गुण, ईश्वरीय शक्ति भएको अउम अर्थात ओमबाट ब्रह्मा विष्णु महेश्वर, महाकाली, महालक्ष्मी, महासरस्वती, खाद्यमा दाल, भात, तरकारी (महाकवि देवकोटाको शब्दमा डुकु), पृथ्वी, अन्तरिक्ष र आकास बुझाउँछ। रातो रङले विजयको भावना जनाउने हुँदा रातो रङको कपडा लगाउने/चढाउने गरिन्छ भने राजनीतिक दलहरूले पनि आफ्नो झन्डामा रातै रङ राख्ने गरेका छन्। छेउको निलो रङले आकासको प्रतिनिधित्व गर्छ। झन्डामा पृथ्वी र आकासबीच चन्द्रसूर्य अंकित हुँदा यसबाट सौन्दर्य, शास्त्रीय झलक, ऐतिहासिक, सांस्कृतिक झलक पुष्टिन्छ। चन्द्रसूर्यबाट पृथ्वीले पाएको गुण यसमा छ। चन्द्रसूर्यबाट मानवलाई उजिल्याएर शक्ति दिने खानीको विशेषता पनि यसैमा छ।
यसरी प्रतीकै प्रतीकले भरिएको आकर्षणकारी झन्डाले स्वदेशी-विदेशी सबैलाई लोभ्याइराखेको छ। यस्तो झन्डा संयुक्त राष्ट्रसंघको कार्यालय, न्युयोर्कमा फर्फराइरहँदा यस झन्डाको विशेष सौन्दर्य देखेर विश्व समुदायका व्यक्तिहरू एक टक लगाएर हेरिरहन्छन् र मुग्ध हुन्छन्। त्रिकोणभित्र दुई लाभदायक आकासीय पिन्डलाई जोरिएबाट बौद्धिक जागरण र चेतना झल्केर चन्द्र र सूर्य गुण दर्शाउने तत्व देख्दा मानवसमुदाय नतमस्तक भएका छन्। सांस्कृतिक गुण नेपालमा अपार भएको बुझ्ेका छन्।
चन्द्रसूर्यबाट सगरमाथाजस्ता छाती भएका नेपालीको आगम र निगम शास्त्रतन्त्र र सौन्दर्यबोध जनाउने यस झन्डाको चन्द्रसूर्यलाई राजा बुझाउने चिह्न भयो भनेर माओवादीले ज्यादै संकुचित र साङ्रो कुरा झिकेको सुन्दा व्यापक र खुला हृदयका नेपालीलाई चसक्क बिझ्नु स्वाभाविकै हो। चन्द्रसूर्यबाट नाम राखेर अगाडि बढेका दलहरू पनि धेरै छन्। पहिले चन्द्रसूर्यवंशी राजा भएको सानोमसिनो पौराणिक कुरामा चासो दिई नेपालीको सौन्दर्य र ज्ञानलाई खिल्ली उडाइँदैछ। संसारले मानेको ज्ञान, बुद्धि, विवेकको खानी भएको अपौरेषीय वैदिक कालदेखि वर्तमान साहित्यसमेतमा चन्द्रसूर्य व्यापक छ। सूर्यचन्द्रका तेज प्रकास हाम्रा शरीरका रौंरौंमा घुसेको छ भने चर/अचर सबै वस्तुमा यसको विशेष प्रभाव छ। सूर्यचन्द्रको गुण नभएको भए यो धरातलमा मानिस बस्न नसकी उल्टो हुन्थ्यो। वनस्पति/प्राणी रहन सक्तैनथे। चन्द्रसूर्यको गुणबाट ऋतु परिवर्तन भई धरातल उज्यालो र उब्जाउ भएको हुँदा प्राणीहरू बस्न र विकास गर्न सकेका हुन्। र, जलवर्षा भएर जीवन चलेको हो। मानवजीवनलाई उपयोगी बनाउने चन्द्रमा मनसँग सम्बन्धित छ भने सूर्य आत्मासँग सम्बन्धित छ। सूर्य भनेको आँखा हो र आँखाबाट सबै दृश्य देखेर अग्रगामी हुन पाइएको छ। यजुर्वेद पुरुष सुक्तमा भनिएको छ, 'चन्द्रमा मनसो जात श्चक्षो सूर्यो अजायत।' अर्थात, विराट पुरुषको मनबाट चन्द्रमा उत्पन्न भयो भने आँखाबाट सूर्य उत्पन्न भयो। आकासका दुई पिन्डलाई जीवन्त पारिएको छ भने ऐतिहासिक सांस्कृतिक आध्यात्मिक साथै प्रत्यक्ष गुण स्पष्टसँग राखिएको छ। ऋग्वेद २।३१।१ अनुसार सूर्यको किरणमा रसायन शक्ति हुँदा यसबाट विद्युत् प्रवाह हुन्छ। विद्युत् तरंगबाट सन्चालित यन्त्रलाई वेदमा 'मित्रा वरुण' नाम दिइएको छ। अहिले सोर्य उर्जाबाट मोटर आदि चलेको हाम्रा वैदिक विज्ञानवादीले विमान चलाएको कुरामा हामी विश्वास गर्न सकछौं। ऋग्वेदको १।५०।११ श्लोकअनुसार मध्यान्तरकाल तीन बजेदेखि सूर्य नअस्ताएसम्मको सूर्य किरणबाट पनि ओखती गरेको बुझिन्छ। आधुनिक प्राकृतिक चिकित्साबाट बिहान/बेलुकाको सूर्यकिरणबाट ओखती गरेको देखिन्छ भने आधुनिक यलोप्याथिक ओखतीमा पनि सूर्यकिरणबाट छातीमा जमेको कफ निकाल्न सजिलो हुने भनिएको छ।चन्द्रमा मनसँग सम्बन्ध छ। त्यसैले मन लगायो भने कर्ममा सफल होइन्छ, राष्ट्र उन्नत हुन्छ। मन नलागेर गरेको काम राम्रो नबन्ने र असल चिताएर मन लागेर गरेको काम सफल हुने हुँदा वेदमा 'तन्मे मन शिव संकल्प मस्तु' भनिएको छ। चेतन ज्योतिस्वरुप भएको चन्द्रतत्वबाट बनेको मन शिव संकल्पकारी होस् भनी प्रार्थना गरिएको छ। चन्द्रकान्त मणिबाट उपचार गरिएको तथ्यलाई सुश्रुताचार्यले पनि औषधीविज्ञान ग्रन्थमा उल्लेख गरेका छन्।यस्तै गरेर शुक्ल यजुर्वेद वाज सैनीय संहिताको माध्यान्दिय शाखामा भनिएको छ : सूर्य पशु रासित् तेन यजन्ताम्चन्द्रमा पशु रासित् तेन यजन्ताम्अर्थात, पशु शब्दले परमात्मा पनि बुझाउने हुँदा सूर्यचन्द्रमा भएको प्रकास परमात्मामा हवन गर्दछौं। सूर्यचन्द्र किरण परमात्मासँग सम्बन्धित हुनाले सूर्यचन्द्रको किरणबाट असल हुने स्पष्ट छ।लिच्छवी कालदेखि त्रिकोणाकार झन्डाको राज्यव्यवस्थामा महŒवपूर्ण स्थान रहेको मुद्राहरूबाट पनि देखिन्छ। मल्ल काल र शाह कालमा समेत मठमन्दिरमा भएका धातुका पत्र र शिलापत्रमा चन्द्रसूर्य राखिएको पाइन्छ। यसबाट हाम्रो संस्कृति, कलाकौशल जीवन्त भएको बुझ्न सकिन्छ। पृथ्वीनारायण शाह, बहादुर शाहर गिर्वाणयुद्धविक्रमको समयमा यही झन्डालाई अगाडि राखेर दक्षिण उत्तरबाट भएको भयानक आक्रमणबाट पनि सार्वभौमिकता संरक्षण गरेको इतिहास छ। हिमालदेखि तराईसम्म र महाकालीदेखि मेचीसम्म राष्ट्रियताको विकास भएर हामी नेपाली एक हौं भन्न पाएका छौं। सगरमाथामा समेत आरोही सेर्पाहरूले राष्ट्रिय झन्डा फहराएर नेपालको सानमान राखेका छन्। त्यसैले राष्ट्रिय विभूति मोतीराम भट्टले नेपालीमा पहिलो लेखिएको भानुभक्तको जीवनीमा भनेका छन् : अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा।रिपूको मन थर्कोस् थरथर गरी छिन घरीमा।।यवनले राज गर्दा कति पतित हिन्दु स्थल भयो।फगत यो नेपालको मुलुक बनी कन्चन रहिरह्यो।।यसमा नेपालको नेत्रविन्दु भएको कान्तिपुरमा अचल स्थिर भएर झन्डा फरफराइरहोस् भनी सार्वभौमिकता रक्षा गरिएको पूर्वइतिहास देखाइएको छ। क्षेत्रिय कुलमा जन्मेर कर्णालीका विद्वान् योगी नरहरिनाथले झन्डाले वैदिक कालदेखि राष्ट्रियता प्रचार भएको विभिन्न लेखहरूमा यथार्थ कुरा राखेका छन्। वर्तमान समयमा पनि कविवर माधवप्रसाद घिमिरेले 'राष्ट्रिय झन्डा' कवितामा भनका छन् : वैरीलाई पोल्ने प्रखर नजरमा सूर्यको दीप्त क्रान्तिदोस्तीलाई छ पोस्ने सरल हृदयमा चन्द्रको शान्त कान्तिउनले मित्रसँग मित्रताको पोसिलो पदार्थ दिने सितल गुण भएको चन्द्रमा र सूर्यबाट पाएको सौर्य शक्तिबाट वेरीलाई पोल्ने प्रखर तातो हावा दिने क्रान्ति भएको भावना राखेका छन्। गौरवमय भएको राष्ट्रवादी भावना गोपालप्रसाद रिमालले पनि अभिव्यक्त गरेका छन् : हिमालझैं यो अटल यो झुकेन कहिल्यैलत्रेन यो कहिल्ये जंगी निसान हाम्रो...जबसम्म चन्द्रसूर्य आकासमा रहन्छन्तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रोमहाकवि देवकोटाले पनि लोकप्रिय 'मार्ग' कवितामा ज्ञानविज्ञान क्षेत्रमा चन्द्रमासँग तादात्म्य गर्नुपर्ने समुज्वल भावना राखेका छन् : उद्देश्य के लिनु उडी छुनु चन्द्र एक
चन्द्रसूर्य झन्डाले नेपाली जवनीवनमा गौरव बढाई नेपालीलाई समुज्वल पारेको गुण जताततै प्रसस्त छ। राष्ट्रिय गानमा पनि भएको थरिथरिको फूल जोडी माला गाँसेर विभिन्न जातिहरू एक भई नेपालीको कौशल बढाउने भावनासमेत राखी राष्ट्रिय झन्डाले प्राचिन कालदेखि वर्तमान कालसम्म बासना छरेर सुगन्धित पारेको चर्चा छ। यसको मुख्य आधार नै चन्द्रसूर्य हो। त्यसैले राष्ट्रिय झन्डा फेर्नु हुँदैन।

2009-11-16 Nepal


विश्व शान्तिको कामना गर्दै सोमबार राजधानीमा बुद्धधर्मावलम्बी लामाहरु प्रार्थना गर्दै । उनीहरुले बाराको गढीमाइ मेलामा पशुबलि नदिन प्रार्थनासमेत गरेका थिए ।

विद्यार्थीले गुरु कुटे मंगलवार, (17 नोभेम्बर 2009 14:40 )

चौतारा, मंसिर २- सिन्धुपाल्चोकको ठोर्कपा गाविसस्थित बाघ भैरव उच्च माविका प्रधानाध्यापकलाई आफ्नै विद्यार्थीले कुटेका छन्। गणित विषयका नयाँ शिक्षकको बारेमा विवाद हुँदा कक्षा १२ का छात्र पाण्डव नेपालले प्रधानाध्यापक शिवप्रसाद न्यौपानेलाई कार्यकक्ष मै कुटेका हुन्।
छलफल भइरहेको अवस्थामा एक्कासी उत्तेजित भई आफूमाथि हातपात गरिएको र नछेकेको भए अन्य शिक्षकहरूमाथि पनि हातपात गर्न खोजेको प्रधानाध्यापक न्यौपानेले बताए।
सो घटनाप्रति दुःख प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै यहाँस्थित नेपाल शिक्षक युनियन, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ र प्रधानाध्यापक समाजले संयुक्त प्रेस विज्ञप्तिमार्फत जिम्मेवार पक्ष र सम्पूर्ण सरोकारवालामा अपिल गरेको छ।

2009-11-16 nepal

राजधानीको भद्रकालीस्थित सैनिक पेट्रोल पम्ममा सोमबार पालो पर्खेर बसेका सर्वसाधारण । विगत केही दिनदेखि काठमाडौं उपत्यकामा पेट्रोलिय पदार्थको अभाव देखिएको छ ।

हिप्नोटाइजबाट स्तन वृद्धिको दाबी

हिप्नोटाइजबाट स्तन वृद्धिको दाबीस्टेजमा हिप्नोटाइज गरेर कला देखाउने एक हिप्नोटिस्टले आफूले महिलाहरुलाई नछोइकनै उनीहरुको छातिको आकार बढाउन सक्ने दाबी गरेका छन् । उनले मस्तिष्क शक्तिको प्रभावले स्तनलाई कडा बनाउन सक्ने दाबी गरेका छन् ।
उनले यसरी बढ्ने स्तनको आकार दर्ुइ कपसम्म हुने बताएको द सन पत्रिकाले लेखेको छ । स्टेजमा हिप्नोटाइज गरेर विभिन्न किसिमका कला देखाउने डेभिड नाइटले आफैँले सिर्जना गरेको सीडी सुनेकै भरमा १२ साताका भित्र महिलाहरुले आफ्नो स्तनको आकार बढेको अनुभव गर्नसक्ने पत्रिकाले लेखेको छ ।
उत्तरी योर्कशायरको नर्थअलर्रटनका स्थायी बासिन्दा यी व्यक्तिले गरेको यो प्रयोगमध्ये ८५% सफल भएको उनका ग्राहकहरुले प्रतिक्रिया दिएका छन् । त्यसैले, उनी आफ्नो प्रयोग प्रति यति विश्वस्त छन् कि आफूकहाँ आउने ग्राहकहरुलाई "चित्त नबुझे पैसा फिर्ता"को ग्यारेन्टीसमेत दिन थालेका छन् ।
"प्रत्येक महिलाको स्तन बढ्नुमा तिनको मस्तिष्कको ठूलो भूमिका हुन्छ । मस्तिष्कले यसलाई बढाउँछ, त्यसैले दिमागले यसलाई बढाउन सकिन्छ । यो गफ होइन", उनले पत्रिकालाई बताएका छन् ।
बीबीसीको एउटा कार्यक्रममा यस विषय बताइएपछि उनको व्यापार फस्टाएको छ । तर कतिपयले यो शक्तिको दुरुपयोगसमेत गरेकाले मान्छेहरुले विश्वास नगरेको कुरा नाइट स्वीकार गर्छन् ।

कार्टुन


२१ मेघापिक्सलको एसएलआर

२१ दशमलव १ मेघापिक्सेलसहितको डीएसएलआर क्यामेरा नेपाली बजारमा भित्रिएको छ । डीएसएलआर क्यामेरा व्यावसायिक फोटोग्राफीका लागि उपयुक्त हुन्छ । क्यानोन कम्पनीको यो क्यामेराबाट उच्च गुणस्तरको फोटो खिच्न सकिन्छ । ३ दशमलव ९ एफपीएस, ३ इन्चको एलसीडी तथा १ हजार ८० एचडी यसका थप विशेषता हुन् । क्यामेराको गुणस्तरअनुरूप यसको मूल्य न्यून भएको कम्पनीको दाबी छ । उच्च आईएसओ रेन्जको यो क्यामेराबाट एलसीडी हेरेर पनि तस्बिर खिच्न सकिन्छ । फाइभ मार्क टु मोडलमा उपलब्ध डीएसएलआरकोे नेपाली बजार मूल्य २ लाख १० हजार रुपैयाँ छ ।