केही समयअगाडि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी) ले राष्ट्रिय झन्डा फेर्ने बहस चलाएको थियो। अहिले उसले 'राष्ट्रिय झन्डाले नेपाल र नेपाली जनताको भावनालाई समेट्न नसकेको' भन्दै राष्ट्रिय झन्डा फेर्ने औपचारिक प्रस्ताव संवैधानिक समितिमा लैजाँदैछ। राष्ट्रिय झन्डामाथिको बहस त राम्रो हो तर यसलाई फेर्नु भने हुँदैन किनभने यो संसारका सबै देशको भन्दा पृथकमात्र छैन यसका विशेषता पनि अनुपम छन्।
हाम्रो झन्डा द्वित्रिगुणात्मक छ। रातो रङको कपडामा प्रतीक छ। वरिपरि निलो रङको कपडा गाँसिएको छ। त्रिकोणमा स्पष्टसँग देखिने प्रतीकको रूपमा चन्द्रसूर्यको आकृति छ। मानवमा त्रिकोणको आकारले हृदयसँग सम्बन्ध राख्दछ। त्रिकोणले पृथ्वी, चन्द्र र सूर्य, तीन गंगाको समूह त्रिवेणी, सत्व, रज र तम तीन गुण, ईश्वरीय शक्ति भएको अउम अर्थात ओमबाट ब्रह्मा विष्णु महेश्वर, महाकाली, महालक्ष्मी, महासरस्वती, खाद्यमा दाल, भात, तरकारी (महाकवि देवकोटाको शब्दमा डुकु), पृथ्वी, अन्तरिक्ष र आकास बुझाउँछ। रातो रङले विजयको भावना जनाउने हुँदा रातो रङको कपडा लगाउने/चढाउने गरिन्छ भने राजनीतिक दलहरूले पनि आफ्नो झन्डामा रातै रङ राख्ने गरेका छन्। छेउको निलो रङले आकासको प्रतिनिधित्व गर्छ। झन्डामा पृथ्वी र आकासबीच चन्द्रसूर्य अंकित हुँदा यसबाट सौन्दर्य, शास्त्रीय झलक, ऐतिहासिक, सांस्कृतिक झलक पुष्टिन्छ। चन्द्रसूर्यबाट पृथ्वीले पाएको गुण यसमा छ। चन्द्रसूर्यबाट मानवलाई उजिल्याएर शक्ति दिने खानीको विशेषता पनि यसैमा छ।
यसरी प्रतीकै प्रतीकले भरिएको आकर्षणकारी झन्डाले स्वदेशी-विदेशी सबैलाई लोभ्याइराखेको छ। यस्तो झन्डा संयुक्त राष्ट्रसंघको कार्यालय, न्युयोर्कमा फर्फराइरहँदा यस झन्डाको विशेष सौन्दर्य देखेर विश्व समुदायका व्यक्तिहरू एक टक लगाएर हेरिरहन्छन् र मुग्ध हुन्छन्। त्रिकोणभित्र दुई लाभदायक आकासीय पिन्डलाई जोरिएबाट बौद्धिक जागरण र चेतना झल्केर चन्द्र र सूर्य गुण दर्शाउने तत्व देख्दा मानवसमुदाय नतमस्तक भएका छन्। सांस्कृतिक गुण नेपालमा अपार भएको बुझ्ेका छन्।
चन्द्रसूर्यबाट सगरमाथाजस्ता छाती भएका नेपालीको आगम र निगम शास्त्रतन्त्र र सौन्दर्यबोध जनाउने यस झन्डाको चन्द्रसूर्यलाई राजा बुझाउने चिह्न भयो भनेर माओवादीले ज्यादै संकुचित र साङ्रो कुरा झिकेको सुन्दा व्यापक र खुला हृदयका नेपालीलाई चसक्क बिझ्नु स्वाभाविकै हो। चन्द्रसूर्यबाट नाम राखेर अगाडि बढेका दलहरू पनि धेरै छन्। पहिले चन्द्रसूर्यवंशी राजा भएको सानोमसिनो पौराणिक कुरामा चासो दिई नेपालीको सौन्दर्य र ज्ञानलाई खिल्ली उडाइँदैछ। संसारले मानेको ज्ञान, बुद्धि, विवेकको खानी भएको अपौरेषीय वैदिक कालदेखि वर्तमान साहित्यसमेतमा चन्द्रसूर्य व्यापक छ। सूर्यचन्द्रका तेज प्रकास हाम्रा शरीरका रौंरौंमा घुसेको छ भने चर/अचर सबै वस्तुमा यसको विशेष प्रभाव छ। सूर्यचन्द्रको गुण नभएको भए यो धरातलमा मानिस बस्न नसकी उल्टो हुन्थ्यो। वनस्पति/प्राणी रहन सक्तैनथे। चन्द्रसूर्यको गुणबाट ऋतु परिवर्तन भई धरातल उज्यालो र उब्जाउ भएको हुँदा प्राणीहरू बस्न र विकास गर्न सकेका हुन्। र, जलवर्षा भएर जीवन चलेको हो। मानवजीवनलाई उपयोगी बनाउने चन्द्रमा मनसँग सम्बन्धित छ भने सूर्य आत्मासँग सम्बन्धित छ। सूर्य भनेको आँखा हो र आँखाबाट सबै दृश्य देखेर अग्रगामी हुन पाइएको छ। यजुर्वेद पुरुष सुक्तमा भनिएको छ, 'चन्द्रमा मनसो जात श्चक्षो सूर्यो अजायत।' अर्थात, विराट पुरुषको मनबाट चन्द्रमा उत्पन्न भयो भने आँखाबाट सूर्य उत्पन्न भयो। आकासका दुई पिन्डलाई जीवन्त पारिएको छ भने ऐतिहासिक सांस्कृतिक आध्यात्मिक साथै प्रत्यक्ष गुण स्पष्टसँग राखिएको छ। ऋग्वेद २।३१।१ अनुसार सूर्यको किरणमा रसायन शक्ति हुँदा यसबाट विद्युत् प्रवाह हुन्छ। विद्युत् तरंगबाट सन्चालित यन्त्रलाई वेदमा 'मित्रा वरुण' नाम दिइएको छ। अहिले सोर्य उर्जाबाट मोटर आदि चलेको हाम्रा वैदिक विज्ञानवादीले विमान चलाएको कुरामा हामी विश्वास गर्न सकछौं। ऋग्वेदको १।५०।११ श्लोकअनुसार मध्यान्तरकाल तीन बजेदेखि सूर्य नअस्ताएसम्मको सूर्य किरणबाट पनि ओखती गरेको बुझिन्छ। आधुनिक प्राकृतिक चिकित्साबाट बिहान/बेलुकाको सूर्यकिरणबाट ओखती गरेको देखिन्छ भने आधुनिक यलोप्याथिक ओखतीमा पनि सूर्यकिरणबाट छातीमा जमेको कफ निकाल्न सजिलो हुने भनिएको छ।चन्द्रमा मनसँग सम्बन्ध छ। त्यसैले मन लगायो भने कर्ममा सफल होइन्छ, राष्ट्र उन्नत हुन्छ। मन नलागेर गरेको काम राम्रो नबन्ने र असल चिताएर मन लागेर गरेको काम सफल हुने हुँदा वेदमा 'तन्मे मन शिव संकल्प मस्तु' भनिएको छ। चेतन ज्योतिस्वरुप भएको चन्द्रतत्वबाट बनेको मन शिव संकल्पकारी होस् भनी प्रार्थना गरिएको छ। चन्द्रकान्त मणिबाट उपचार गरिएको तथ्यलाई सुश्रुताचार्यले पनि औषधीविज्ञान ग्रन्थमा उल्लेख गरेका छन्।यस्तै गरेर शुक्ल यजुर्वेद वाज सैनीय संहिताको माध्यान्दिय शाखामा भनिएको छ : सूर्य पशु रासित् तेन यजन्ताम्चन्द्रमा पशु रासित् तेन यजन्ताम्अर्थात, पशु शब्दले परमात्मा पनि बुझाउने हुँदा सूर्यचन्द्रमा भएको प्रकास परमात्मामा हवन गर्दछौं। सूर्यचन्द्र किरण परमात्मासँग सम्बन्धित हुनाले सूर्यचन्द्रको किरणबाट असल हुने स्पष्ट छ।लिच्छवी कालदेखि त्रिकोणाकार झन्डाको राज्यव्यवस्थामा महŒवपूर्ण स्थान रहेको मुद्राहरूबाट पनि देखिन्छ। मल्ल काल र शाह कालमा समेत मठमन्दिरमा भएका धातुका पत्र र शिलापत्रमा चन्द्रसूर्य राखिएको पाइन्छ। यसबाट हाम्रो संस्कृति, कलाकौशल जीवन्त भएको बुझ्न सकिन्छ। पृथ्वीनारायण शाह, बहादुर शाहर गिर्वाणयुद्धविक्रमको समयमा यही झन्डालाई अगाडि राखेर दक्षिण उत्तरबाट भएको भयानक आक्रमणबाट पनि सार्वभौमिकता संरक्षण गरेको इतिहास छ। हिमालदेखि तराईसम्म र महाकालीदेखि मेचीसम्म राष्ट्रियताको विकास भएर हामी नेपाली एक हौं भन्न पाएका छौं। सगरमाथामा समेत आरोही सेर्पाहरूले राष्ट्रिय झन्डा फहराएर नेपालको सानमान राखेका छन्। त्यसैले राष्ट्रिय विभूति मोतीराम भट्टले नेपालीमा पहिलो लेखिएको भानुभक्तको जीवनीमा भनेका छन् : अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा।रिपूको मन थर्कोस् थरथर गरी छिन घरीमा।।यवनले राज गर्दा कति पतित हिन्दु स्थल भयो।फगत यो नेपालको मुलुक बनी कन्चन रहिरह्यो।।यसमा नेपालको नेत्रविन्दु भएको कान्तिपुरमा अचल स्थिर भएर झन्डा फरफराइरहोस् भनी सार्वभौमिकता रक्षा गरिएको पूर्वइतिहास देखाइएको छ। क्षेत्रिय कुलमा जन्मेर कर्णालीका विद्वान् योगी नरहरिनाथले झन्डाले वैदिक कालदेखि राष्ट्रियता प्रचार भएको विभिन्न लेखहरूमा यथार्थ कुरा राखेका छन्। वर्तमान समयमा पनि कविवर माधवप्रसाद घिमिरेले 'राष्ट्रिय झन्डा' कवितामा भनका छन् : वैरीलाई पोल्ने प्रखर नजरमा सूर्यको दीप्त क्रान्तिदोस्तीलाई छ पोस्ने सरल हृदयमा चन्द्रको शान्त कान्तिउनले मित्रसँग मित्रताको पोसिलो पदार्थ दिने सितल गुण भएको चन्द्रमा र सूर्यबाट पाएको सौर्य शक्तिबाट वेरीलाई पोल्ने प्रखर तातो हावा दिने क्रान्ति भएको भावना राखेका छन्। गौरवमय भएको राष्ट्रवादी भावना गोपालप्रसाद रिमालले पनि अभिव्यक्त गरेका छन् : हिमालझैं यो अटल यो झुकेन कहिल्यैलत्रेन यो कहिल्ये जंगी निसान हाम्रो...जबसम्म चन्द्रसूर्य आकासमा रहन्छन्तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रोमहाकवि देवकोटाले पनि लोकप्रिय 'मार्ग' कवितामा ज्ञानविज्ञान क्षेत्रमा चन्द्रमासँग तादात्म्य गर्नुपर्ने समुज्वल भावना राखेका छन् : उद्देश्य के लिनु उडी छुनु चन्द्र एक
चन्द्रसूर्य झन्डाले नेपाली जवनीवनमा गौरव बढाई नेपालीलाई समुज्वल पारेको गुण जताततै प्रसस्त छ। राष्ट्रिय गानमा पनि भएको थरिथरिको फूल जोडी माला गाँसेर विभिन्न जातिहरू एक भई नेपालीको कौशल बढाउने भावनासमेत राखी राष्ट्रिय झन्डाले प्राचिन कालदेखि वर्तमान कालसम्म बासना छरेर सुगन्धित पारेको चर्चा छ। यसको मुख्य आधार नै चन्द्रसूर्य हो। त्यसैले राष्ट्रिय झन्डा फेर्नु हुँदैन।
Tuesday, November 17, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment