चौतारा, मंसिर २- सिन्धुपाल्चोकको ठोर्कपा गाविसस्थित बाघ भैरव उच्च माविका प्रधानाध्यापकलाई आफ्नै विद्यार्थीले कुटेका छन्। गणित विषयका नयाँ शिक्षकको बारेमा विवाद हुँदा कक्षा १२ का छात्र पाण्डव नेपालले प्रधानाध्यापक शिवप्रसाद न्यौपानेलाई कार्यकक्ष मै कुटेका हुन्।
छलफल भइरहेको अवस्थामा एक्कासी उत्तेजित भई आफूमाथि हातपात गरिएको र नछेकेको भए अन्य शिक्षकहरूमाथि पनि हातपात गर्न खोजेको प्रधानाध्यापक न्यौपानेले बताए।
सो घटनाप्रति दुःख प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै यहाँस्थित नेपाल शिक्षक युनियन, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ र प्रधानाध्यापक समाजले संयुक्त प्रेस विज्ञप्तिमार्फत जिम्मेवार पक्ष र सम्पूर्ण सरोकारवालामा अपिल गरेको छ।
Tuesday, November 17, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment